कोलकाता: पश्चिम बंगाल पुलिसको सीआईडीले एक नाबालिग केटीको अपहरणको आरोपमा युवकलाई पक्राउ गरेको छ। राज्य सीआईडीको तर्फबाट शुक्रवार जारी बयानमा भनिएको छ, पूर्व मेदिनीपुरको रामनगर थानामा २७ जुलाई २०२२ मा यस सम्बन्धमा प्राथमिकी दर्ता गरिएको थियो। यहाँ बस्ने युवकमाथि उसले १५ वर्षीय नाबालिगको अपहरण गरेको आरोप लागेको थियो। तबदेखि पुलिसले जाँच गरिरहेको थियो तर कुनै खबर पाईएको थिएन। यसैले सीआईडीले मामिलालाई हातमा लियो औं एक दिनअघि बिहीवार राति उसलाई कोलकाताको हरिदेवपुर थाना क्षेत्रबाट पक्राउ गरेको छ। नाबालिगलाई उद्धार गरी उसका परिजनहरूलाई सुम्पिने प्रक्रिया शुरू गरिएको छ र युवकलाई पक्राउ गरिएको छ। स्थानीय सूत्रहरू अनुसार, दुवै प्रेम सम्बन्धको कारण घरबाट भागेका थिए।










