जीटीए चिफ् अनित थापाको सहयोगमा कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मले नयाँ घर

IMG-20230421-WA0227.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष एंव जीटीए चिफ् अनित थापाले तीनधारे महानदी समष्टि अन्तर्गत कालीमाट्टीका हर्कबहादुर विश्वकर्मको घर बनाई दिएका छन्। घैयाबारीदेखि केही तल रहेको कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मको घर पूर्ण रुपमा जीर्णावस्थामा रहेको थियो भने घरको अवस्थालाई हेरेर स्थानीय भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधिहरूले पार्टी अध्यक्ष अनित थापासित उनको घर निर्माण विषयमा कुरा गरेका थिए। त्यसै अनुरुप कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मको नयाँ घर निर्माण भएर पनि उदघाटन गरिएको छ। उक्त नयाँ घरको उदघाटन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको विशेष उपस्थितिमा युवा शक्ति घैयाबारी २५३ बुथको सभापति राजेस प्रधान र युवा शक्तिको सदस्य रितेस तामाङको बाहुलीबाट रिबन काटेर गरिएको छ।

कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मको घर टिनले बारिएको अवस्थामा रहेको र पूरै हल्लिने भएकोले र धेरैपल्ट पञ्चायतबाट पोलिथिन ल्याएर छोप्नु पर्ने अवस्थामा रहेकोले बुथ नम्बर २५३ का युवा शक्तिको सभापति राजेस प्रधान र सदस्य रितेस तामाङले पहल गर्दै जीटीए चिफ् अनित थापा समक्ष पुराएको र अनित थापाको निर्देशनमा प्रेम प्रधानले घर निर्माण गरिदिएको छ। उक्त नयाँ घरमा उदघाटनपछि हर्कबहादुर विश्वकर्मले जीटीए चिफ् अनित थापा, तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, युवा शक्तिको सभापति राजेस प्रधान र रितेस तामाङप्रति आभार प्रकट गरेका छन्।

आजको नयाँ घर उदघाटन कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो घैयाबारी २५३ बुथको सभापति वाङ्दी तामाङले कालीमाट्टी निवासी हर्कबहादुर विश्वकर्मको घर अत्यन्तै जीर्णावस्थामा पुगेको थियो। तर जीटीए चिफ् अनित थापाको सहयोगमा नयाँ घर निर्माण भएर पनि उदघाटन गरिएको र अब हर्कबहादुर विश्वकर्म र परिवारलाई नयाँ घर भएपछि धेरै सुविधा हुने भएको बताएका छन्। आजको यस नयाँ घरको उदघाटन कार्यक्रममा सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, समष्टीको सांगठनिक सचिव बिपन विश्वकर्म, नारी शक्ति तीनधारे महानदी समष्टिको सभापति निरा प्रधान, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई, सचिव सञ्जीव मंगर, साजन दर्जी लगायत अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement