कोलकाता: पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलाले मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज अभिषेक ब्यानर्जीलाई पछ्याउन छाडेको छैन। अब कोर्टमा दाबी गरिएको छ कि नियुक्तिको साटो जुन रूपियाँ उठाइयो, त्यसमा अभिषेक ब्यानर्जीको नाम लिइएको छ। यो आरोप यस मामिलामा पक्रा परेका तृणमूल नेता तापस मण्डलले केन्द्रिय एजेन्सीहरूद्वारा गरिएको सोधपुछमा यस्तो दाबी गरेका छन्।सीबीआईद्वारा पक्राउ गरिएको तापसले सोधपुछमा भने, कुन्तल, जो तृणमूल युवा नेता हुन् र हुगलीमा पार्टीको ठूलो अनुहार हो, उसले प्रत्येक उम्मेदवारबाट अभिषेक ब्यानर्जीको नाममा पैसा लिंदै आएका छन्। जुन उम्मेदवारहरूबाट उसले रूपियाँ लियो, उनीहरूले नौकरी पनि पाएका छन्। यस कारण केन्द्रिय एजेन्सीहरू यस मामिलामा अभिषेकको भूमिकाको जाँच गर्न चाहन्छन् ।तापसले सीबीआईलाई यो पनि भने, कुन्तलको सम्पत्ति १०० करोड़ रूपियाँ रहेको बताइँदैछ, तर त्यो धेरै गुणा अधिक छ। उसले नियुक्ति भ्रष्टाचारको निम्ति ५०० करोड़ रूपियाँ उठाएको छ। उसले अभिषेक ब्यानर्जीको नाममा रूपियाँ उठाउने गर्थ्यो र हवालाको माध्यमले विदेशमा पनि पैसा पठाउने गर्थ्यो। सीबीआईले यी तमाम बयानहरूलाई रेकर्ड गरेको छ र न्यायालयमा पेश गरेको छ एक दिनअघि मात्र कुन्तल, तापस र अन्य आरोपितहरूलाई अलीपुरको विशेष सीबीआई कोर्टमा पेश गरिएको थियो। त्यही केन्द्रिय एजेन्सीको तर्फबाट यो जानकारी दिइएको छ।तापस मण्डलले यो पनि बताएको छ केन्द्रिय एजेन्सीहरूमाथि दबाउ बनाउनका लागि राजीनिितक रूपमा विभिन्न किसिमको बयान दिइँदैछ। सोधपुछमा केन्द्रिय एजेन्सीको कुनै पनि अधिकारीले दुर्व्यवहार गरेनन् न त कुनै दबाउ बनाए।










