हाम्रो पार्टी खरसाङ महकुमा समितिको सभापति अल्फ्रेट तामाङले दिए राजीनामा

IMG-20230421-WA0221.jpg

खरसाङ: हाम्रो पार्टी खरसाङ महकुमा समितिको अध्यक्ष अलफ्रेट तामाङले पार्टीबाट राजीनामा दिएका छन्। उनले खरसाङ आफ्नो राजीनामा पत्र हाम्रो पार्टी खरसाङ महकुमा समितिको सचिवको नाममा पठाएका छन्। अलफ्रेट तामाङले हाम्रो पार्टीको खरसाङ महकुमा समितिको सभापति एंव साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्। अलफ्रेट तामाङले हाम्रो पार्टीको खरसाङ महकुमा समितिको सभापति एंव पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएपछि खरसाङमा पत्रकार सम्मेलन बोलाएर जीटीए चुनावको समय हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले आफुलाई मौका दिएकोमा धन्यवाद दिएका छन्। उनले भने, ‘पार्टी अध्यक्ष अजय एडवर्ड व्यक्ति विशेषको लागि एकदमै राम्रो रहेको बताउँदै उनी मसित राम्रै रहेको तर मसित कुनै भेटघाट नगरी नै अरुको कुरामा लागेर मैले पार्टीगत कुनै क्रियाकलाप गरिन भनेर दुई महिनाको सस्पेन्स गरेको रैछ। मैले खरसाङमा हाम्रो पार्टीको सभा बोलाएको थिए। तर खरसाङ महकुमा अन्तर्गत तकलिङ पेशोकमा एउटा झमेला हुँदा म तेता जानु परेको कारणले सभा रध्द गर्नु परेको थियो। तर कुनै कुरा नबुझी मलाई दुई महिनाको लागि सस्पेन्स गरेकोले मैले हाम्रो पार्टी खरसाङ महकुमा समितिको सभापति एंव पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएको हो।’
उनले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भने, मलाई सस्पेन्स गरेको छ भने कसरी कार्य गर्नु? मेरो विषयमा पार्टी अध्यक्ष अजय एडवर्डलाई फोन गर्दा पनि फोन रिसिभ भएन अनि मलाई सबै ग्रुपतिरबाट हटाएपछि मैले काम गर्ने कुनै औचित्य नै रहेन।’
पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै अलफ्रेट तामाङले मेरो स्वभिमानमा धक्का लागेको छ। मेरो नजिक स्वभिमानको कुरा नगर्दा हुन्छ। मैले अहिले नै कतै जाने निर्णय गरेको छुइन। म पार्टी हेर्दिन। म मानिसको राम्रो काम हेरेर सदैव अघि बढ्छु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement