कोलकाता: सीपीएमका वरिष्ट नेता मदन घोषको निधन भएको छ। शुक्रवार बिहान ७ बजेर १० मिनट उनले आफ्नो घरमा अन्तिम सास लिए। वृद्धावस्थाको कारण उनी लामो समयदेखि विभिन्न शारीरिक समस्याहरूसित जुझिरहेका थिए।उनको आयु ८१बवर्ष थियो ।माकपाको शासनकालमा उनले लामो समयसम्म अविभाजित बर्दवान जिल्लामा पार्टी सचिवको रूपमा कार्य गरे। पार्टीका पूर्व विधायक, बर्दवान जिल्लाका पूर्व माकपा अध्यक्ष रहिसकेका मदन सीपीएमको केन्द्रिय समितिको पनि सदस्य थिए। पार्टीका वरिष्ठ नेता राबिन देवले उनको निधनमा शोक व्यक्त गर्दै भने, स्वर्गीय मदन घोष ती व्यक्तिहरूमध्ये एक हुन्, जो मानिसहरूको विश्वास जितेर मेहनत र लगनले पार्टीलाई राज्यको सत्ता ल्याए। उनको निधन वामपन्थी राजनीतिको निम्ति अपूरणीय क्षति हो। दिवंगत नेताको पार्थिव शरीरलाई बर्दवानदेखि कोलकाताको अलीमुद्दीन स्ट्रीट ल्याइँदैछ। उनले आफ्नो शरीर दान दिएका छन्। पछि पार्टीको तर्फबाट जानकारी दिइयो कि पार्थिव शरीर शुक्रवार दिउँसोसम्म पूर्व बर्दवान जिल्लाको पार्टी कार्यालयमा राखिनेछ। साझें साढ़े चार बजीसम्म उनको अन्तिम संस्कार गरिनेछ। पार्टीका राज्य सचिव मोहम्मद सलीम, राबिन देब र अन्य नेता उनलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि उपस्थित रहनेछन्।










