आजदेखि महापुराण ज्ञान महायज्ञ आरम्भ

Screenshot_20230421_161426_Samsung-Internet.jpg

सिलगढी: सिलगढीको छोटा फाप्रीस्थित राधाकृष्ण मन्दिरमा आज २१ अप्रेलदेखि श्री श्री शिव महापुराण ज्ञान महायज्ञ बडो हर्षोल्लासको साथमा शुरू भएको छ। प्रत्येक वर्ष झैँ यस वर्ष पनि श्री श्री राधाकृष्ण मन्दिर पुजा आयोजक समिति अनि स्थानीय गाउँलेहरुको सहयोगमा आजदेखि महापुराण शुरू भएको छ भने यो आगामी १ मईसम्म लगातार विविध धार्मिक कार्यक्रमहरूको साथमा सम्पन्न हुने आयोजक समितिले जनाएको छ। श्री श्री शिव महापुराण ज्ञान महायज्ञको आज पहिलो दिन बिहान अध्यात्मिक धर्म गुरुहरूको उपस्थितिमा भक्तजनहरूले भक्तिभावको साथमा कलश यात्रा निकालेर नगर परिक्रमा गरे। यस ११ दिन व्यापी चल्ने धार्मिक ज्ञान महायज्ञमा परम योगिनी विदुषी बृन्दा बरालको मुखरबृन्दबाट कथा प्रवचनको साथमा विविध भक्तिमय साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छ। यो ११ दिवसीय धार्मिक अनुष्ठानमा श्री श्री राधाकृष्ण मन्दिर पुजा आयोजक समितिका सभापति सचिन छेत्री अनि सचिव शंकर छेत्रीले सम्पूर्ण भक्तजनहरुलाई हार्दिक स्वागत जनाएका छन्।

About Author

Advertisement