सिलगढी: जनजातिको मान्यताको मागमा ढिलो भएको बारेमा जानकारी लिन आज आज गोर्खा भारतीय जनजाति महासंघले आरजीईका निदेशक मनोज कुमारसित भेटघाट गरेको छl यो भेटघाटमा करिब २५-३० मिनटसम्म बातचीत भएको बताइएको छl चुनावको बेलामा भोट ब्यांक बनाएको र जनतालाई अन्योलमा राखेको महासंघले बताएको छl जनजाति मान्यताको माग लिएर उतरखण्डकी सासंद श्रीमती बिजयालक्ष्मीसित पनि कुराकानी भएको बताइएको छl उनले संसदमा अन्य सदस्यहरूसित कुरा गर्ने र यस विषयलाई २०२४ भन्दा अगाडि जोड़ दिनुपर्ने बताएकी महासंघको भनाइ छl

११ जातगोष्ठीलाई जनजातिको मान्यता दिलाउन जनजाति महासंघले दिल्लीमुखी कार्यक्रम अभियान चलाइरहेको बताइएको छl यसै सिलसिलामा १८ अप्रेलमा उत्तराखण्डकी सांसद महारानी विजयलक्ष्मी शाहदेवको भवनमा गोर्खा जनजातिको अधिकारलाई शीघ्रता प्रदान गरिदिने विषयलाई भेटवार्तामा जनजाति महासंघको राष्ट्रिय महाध्यक्ष साथै टोली पुगेको थियोl गोर्खा भारतीय ११ जनजाति महासंघका महाध्यक्ष कन्चन गुरुङले महारानी विजयलक्ष्मी शाहदेवलाई निवेदन गरेर सहभागी भई जनजाति उपलब्ध गराइदिने अनुरोध गरेको बताइएको छl









