आईपीएल २०२३:पाँचवटा हारपछि पहिलोपल्ट जीत हासिल गऱ्यो दिल्ली क्यापिटल्सले

IMG-20230421-WA0003.jpg

२० अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-मा दिल्ली क्यापिटल्सले लगातार पाँचवटा हारपछि जीतको खाता खोल्यो। बिहीवार वर्षाले गर्दा ढिलो गरी शुरु गरिएको म्याचमा दिल्ली क्यापिटल्सले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई ४ विकेटले पराजित गऱ्यो। दिल्लीको अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-को टीम २० ओभरमा १२७ रन बनाएर अलआउट भयो। ओपनर जेसन रोयले ५ वटा चौका र एउटा छक्काको साथ ३९ बलमा सर्वाधिक ४३ रन बनाए। यसबाहेक आन्द्रे रसेलले ४ वटा छक्का र एउटा चौकाको साथ ३१ बलमा अविजित ३८ रन बनाए। शीर्ष क्रममा अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। दिल्लीका बलरहरूमा ईशान्त शर्मा, एनरिच नोर्खिया, अक्षर पटेल र कुलदीप यादवले २-२ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सले १९.२ ओभरमा ६ विकेट गुमाएर १२८ रनको लक्ष्यलाई हासिल गऱ्यो। कप्तान डेविड वार्नरले ११ वटा चौकाको साथ ४१ बलमा सर्वाधिक ५७ रन बनाए। यसबाहेक मनीष पाण्डेले २१ र अक्षर पटेलले अविजित १९ रन बनाए। केकेआर-का बलरहरूमा वरुण चक्रवर्ती, अनुकूल रोय र कप्तान नितिश राणाले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement