आधुनिक पशु चिकित्सा स्वास्थ्य सेवा, कल सेन्टर र डिजिटल एक्स रे-को उदघाटन

IMG-20230420-WA0236.jpg

राज्य सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छः मन्त्री नेपाल

गान्तोक: राज्यका कृषि एवम पशुपालन विभाग मन्त्री लोकनाथ नेपालले आज तादोङस्थित राज्य पशु चिकित्सा पोलिक्लिनिकमा आधुनिक पशु चिकित्सा स्वास्थ्य सेवा, कल सेन्टर र डिजिटल एक्स रे-को उदघाटन गरे। उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले एसकेएम पार्टी सरकारमा आएपछि राज्यको स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा परिवर्तन आएको दाबी गरे। वर्तमान सरकारले कृषकहरूलाई कृषि क्षेत्रमा प्रोत्साहित गर्नको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको र यसबाट धेरै कृषकहरूले लाभ उठाउन सक्षम बनेको अवगत गराए। विशेष गरेर वर्तमान सरकारले कृषकहरूलाई आत्मनिर्भर बनाउनको निम्ति विभिन्न प्रकारको योजना शुरू गरेको र यसबाट अहिलेसम्म धेरै कृषकहरूले फायदा उठाएको जानकारी गराए। राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको कृषकहरूको प्रतिको ठूलो सोंचको कारण आज धेरै जना मानिसहरू कृषि क्षेत्रमा संगल्न भएको मन्त्री नेपालले किटान गरे। आज उदघाटन गरिएको पूर्वधारले राज्यका कृषकहरूलाई ठूलो सहयोग साथै लाभ पुग्न सक्ने उनले दावी गरे। यस प्रकारको आधुनिक पूर्वधार राज्यको 6 वटा जिल्लामा नै खोल्ने सरकारको योजना रहेको उनले थप जानकारी गराए। सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको कारण नै आज यी सबै कुराहरू सम्भव भएको मन्त्री नेपालीले किटान गरे। राज्यमा अब रिसर्च सेन्टरको आवश्यकता रहेको महसुस गर्दै यसको पनि शीघ्र समाधान गर्न सरकारले पहल शुरू गरिसकेको बताए। उनले विभागका अधिकारीहरूले हालसम्म गरेको कार्यप्रति प्रशंसा गर्दै यसलाई निरन्तरता दिनु पर्ने आग्रह गरे। मन्त्री नेपालले विभागका अधिकारी साथै कर्मचारीहरूलाई पदको नभएर सदैव कामको मूल्याङकन हुने भएको कारण सबैले पद नहेरेर कामप्रति ध्यान दिनु पर्ने आग्रह गरे। विभागका वरिष्ठ अधिकारीहरूले पन्ध्रमा एक पल्ट गाउँ बस्तीमा पसेर वर्तमान परिपेक्ष्यमा कृषकहरूले भोग्न परिरहेको विभिन्न समस्याबारे अन्तक्रिया गर्नुपर्ने सुझाउ दिए। यसरी नै उनले दुग्ध उत्पादन साथै पशुपालन श्रेत्रमा अझ विकास गर्नुपर्ने सबैलाई आग्रह गरे। कृषि क्षेत्रमा पनि देशले प्रदान गर्ने सर्वोत्कृष्ट पद्मश्री पुरस्कार प्राप्त गर्न सकिन्छ भन्ने तुलारामा उप्रेतीको उदाहरण दिए। आगामी दिनमा तुलाराम उप्रेतीलाई पद्मश्री पुरस्कारले सम्मानित गर्ने उनले जानकारी गराए। आजको यस कार्यक्रमलाई विभागका सचिव डा. पी. सिन्थेल कुमारले पनि सम्बोधन गरेका थिए भने कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएकाहरूलाई विभागको तर्फबाट प्रोत्साहन राशि साथै टोकन प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement