सिक्किममा बिहिवार पञ्चायत उप-चुनाउ शान्तिपूर्वक सम्पन्न

Untitled-1-copy-139

गान्तोकः सिक्किममा बिहिवार पञ्चायत उप-चुनाउ शान्तिपूर्वक सम्पन्न भयो। बिहान आठ बजीदेखि शुरू भएको मतदान दिउॅंसा पॉंच बजीसम्म चलेको थियो। मतदान शुरू गर्नअघि शुरूमा मक-पोल गरिएको थियो। मतदानपछि सबै ईभीएमहरू सम्बन्धित स्ट्रङ रूममा सील गर्ने प्रक्रिया पूरा गरिएको छ।

राज्य चुनाउ आयोगले दिएको जानकारी अनुसार, राज्यका एउटा जिल्ला पञ्चायत र छवटा वार्डमा उप-चुनाउ प्रस्तावित रहेको थियो। जसमा नाम्चीको तीनवटा वार्ड, मंगनको एउटा वार्ड र एउटा जिल्ला पञ्चायत, गेजिङको एउटा वार्ड तथा पाकिमको एउटा वार्ड सामेल छन्। यस मध्ये मंगनको गैरी वार्ड, नाम्चीको अप्पर फालीडॉंडा वार्ड र गेजिङको लोवर तिक्ज्या वार्डका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

मंगन जिल्ला अन्तर्गत नामोक-स्वयेम जिल्ला पञ्चायतमा आज ७८.४४ प्रतिशत मतदान भयो। यसरी नै नाम्चीको लोवर गाङयोङ वार्डमा ७७.०२ प्रतिशत र अप्पर छलमथाङ वार्डमा ६६.९१ प्रतिशत मतदान भयो। यसैगरी, पाकिमको लिङ्के वार्डमा ७८ प्रतिशत मतदान भयो।उल्लेख्य, २१ अप्रेलका दिन मतगणना हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement