गान्तोक: सहकार भारती सिक्किम युनिटकाका सदस्य़हरूले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा शिष्टचार भेट गरे। सहकार भारती सिक्किमका अध्यक्ष मंगलजीत राईको नेतृत्वमा गएको टोलीले संस्थाले गरेको कार्यबारे विस्तृतरूपमा अवगत गरायो। राज्यपालले देशमा सहकारी आन्दोलनलाई बढावा दिन सहकार भारतीको प्रयासको प्रशंसा गर्दै सिक्किममा पनि यसको विकासको आवश्यकतामाथि जोड दिए। यस अवसरमा टोलीले राज्यपाललाई स्मारिका पनि प्रदान गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। भेटको क्रमम मङ्गलजीत राईले सहयोग र मार्गदर्शनका लागि राज्यपाललाई धन्यवाद दिँदै राज्यको सहकारी क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यपाललाई भेट्ने अवसर प्रदान गरेकोमा राजभवनप्रति कृतज्ञता पनि व्यक्त गरे।









