विभिन्न कम्पनीको निरीक्षण गरे मजदूर मोर्चाका अध्यक्षले

IMG-20230410-WA0169.jpg

गान्तोक: मुख्यमन्त्री पीएस तामाङको मार्गनिर्देशनमा मजदूर मोर्चाका अध्यक्ष प्रेमराज गुरुङले विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरूको स्थिति बुझ्न स्थलगत निरीक्षण भ्रमण गरे। आगामी १ मई श्रमिक दिवसलाई ध्यानमा राख्दै मजदूर मोर्चा टोलीले हेबा हर्बल कम्पनी, ग्लेनमार्क, सनफार्मा अनि मेग्लोयड कम्पनीको स्थलगत भ्रमण गरेको हो। यस अवधि उनीहरूले त्यहाँ कार्यरत श्रमिकहरूसँग कुराकानी गर्दै विभिन्न विषयमा छलफल गरेको जानकारी गराइएको छ। राज्य सरकारद्वारा श्रमिकहरूलाई उपलब्ध गराइने विभिन्न सुविधाहरूको बारेमा टोलीले विस्तृत रूपमा जानकारी गराए। कम्पनीमा कार्यरत श्रमिकहरूले आफुहरूको वेतन वृद्धि गरिदिए वापत मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे। यससँगै उनीहरूले एसकेएम श्रमिक संगठनलाई पनि सँधै आफूहरूको हितमा साथमा रहेकोमा आभार व्यक्त गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement