मल्ली र रम्फूबाट दुई जना लागूऔषध तस्कर पक्राउ

IMG-20230420-WA0235.jpg

रम्फू: सिक्किम पुलिसले दुई भिन्न-भिन्नै ठाउँबाट लागूऔषधसहित दुईजना तस्करलाई पक्राउ गरेको छ। बुधवार बेलुकी ७ बजीतिर सिलगढीबाट सिक्किमतर्फ आइरहेका गान्तोकको आरिथाङ निवासी दीपक तामाङलाई रम्फू पुरानो चेक पोस्टमा लागूऔषधसहित पक्राउ गरियो।
आरोपित तामाङबाट पुलिसले ९९२ क्याप्सुल विनस्पास्मो फोर्टे र १९ ट्याब्लेट एन-१० जफत गरेको छ। उनी सिलगढीबाट गान्तोकतर्फ ट्याक्सी वाहनमा यात्रा गरिरहेका थिए। आरोपितविरुद्ध सिक्किम एण्टी ड्रग्स संशोधित ऐन २०१७ – अन्तर्गत मामिला दर्ता गरिएको छ।यसरी नै मल्ली पुलिसले नाम्ची निवासी चन्दन रावतलाई वाहन जाँचको क्रममा लागूऔषधसहित पक्राउ गरेको छ। आरोपितबाट पुलिसले १७ बोतल कफ सिरप फेला पारेको छ। आरोपित सिलगढीदेखि नाम्ची आइरहेका थिए। आरोपितविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement