कोलकाता: पश्चिम बंगाल पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ) ले बन्दूक र गोलीसहित दुई तस्करलाई पक्राउ गरेको छ । पक्रा पर्ने व्यक्तिहरूको नाम मोहम्मद इशरफ र मोहम्मद सजाबुल रहेको बताइएको छ ।इशरफ मालदा जिल्लाको मानिकचक निवासी हुन् भने सजाबुल सोही जिल्लाको रतुआ निवासी हुन्।
एसटीएफका एसपी आईपीएस इन्द्रजीत बसुले बिहिवार बिहान भने बुधवार अबेर साँझ जिल्लाको मानिकचक थाना अन्तर्ग फेरी घाट छेउ उनीहरू आइपुग्ने सूचना प्राप्त भएको थियो। यहाँ दुवैलाई पक्राउ गरेर छानबिन गरियो। उनीहरूबाट सात एमएमको एउटा पेस्तोल र १० राउण्ड गोली भेटियो। दुई विरूद्ध आर्म्स एक्टको धारा अन्तर्गत मामिला दर्ता गरिएको छ।









