अवैध रूपमा पशु लगिरहेको ट्रक जफत

3ee77747-7e50-4915-a3e2-b765a6ac8bc4

गुवाहाटी: गुवाहाटीको जोराबाट पुलिस चौकी प्रभारी कपिल पाठकको नेतृत्वमा चलाइएको अभियानमा नगाउँदेखि मेघालयको पशु बजारसम्म गईरहेको २५ पशु लोड गरिएको एउटा ट्रकलाई जफत गरिएको छ। जोराबाट पुलिस चौकी प्रभारीले बताए अनुसार, बिहीवार बिहान चलाइएको अभियानमा नगाउँदेखि मेघालयको पशु बजारसम्म २५ पशु लोड गरेर लगिरहेको ट्रक (एएस-०१ जेसी-५९६९) लाई जफत गरियो।
यस मामिला मा ट्रक चालक र खलासीलाई पक्राउ गरिएको छ। पक्रा परेका आरोपितहरूको नाम पोइदा युरू सशियाङ र माइकल सरगाह बताइएको छ। पुलिसले यस मामिलामा एक प्राथमिकी दर्ता गरी जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement