दार्जीलिङ: गत केही दिन अधि कालचिनी क्षेत्रको दिमा चिया बगान निवासी दिलिप राईले आफ्नो घर छेउको बाटोमा सानो मोमो दोकान खोलेका थिए। यसै विषयमाथि दिमा चिया बगानका प्रबन्धकले आपत्ति जनाउँदै हटाउने निर्देश जारी गर्दै बगानको कामबाट उनलाई निलम्बित गरेको खबर पाएर हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ, प्रमुख सल्लाकार राजु सुब्बाले पीडित परिवारसँग भेटवार्ता गर्यो। यसै सन्दर्भमा अध्यक्ष डीके गुरूङले दिलिप राईमाथि भएको घटनाको निन्दा गरेका छन्। उनले भने, ‘दिलिप राईलाई बिना नोटिस कामबाट निलम्बन गर्नु यो कहाँ सम्मको न्यायसंगत हो?’ सुन्नमा आए अनुसार दिलिप राईले दोकान राखेको जमीन बगानको होइन पीडब्लूडीको हो भन्ने भनाई छ। चार पाँच दिन जति अनशनमा बसेपछि खण्ड विकाश अधिकारी अनशन स्थलमा आएर उच्च अधिकारीहरूसंग कुरा गरेर न्याय दिलाउने वचन दिन्दै अनशन तोडने अनुरोध गरेको थियो अनि खण्ड विकाश अधिकारीको उक्त अनुरोधलाई शीरोपर राख्दै पिडित परिवारहरूले अनशनबाट उठेको जनाए तर आज यति दिनहरू नाघी सक्दा पनि पिडित दिलिप राईको परिवारले न्याय नपाएको अध्यक्ष गुरूङले दोहोराए।हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले दिलिप राईको पक्षमा सम्बंधित विभागीय अधिकारीहरूलाई पत्रचार गर्ने कार्य गरी सकेको छ,दिलिप राई अनि उनको परिवारले अविलम्ब न्याय नपाए,हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले जोइण्ट फोरमको पक्षबाट वृहत आन्दोलन गर्ने चेताउनी पनि अध्यक्ष डीके गुरूङले दिएको छ।










