नोबेल पुरस्कार प्रापक अमर्त्य सेनलाई विश्व भारतीले पठायो नोटिस

BeFunky-collage-1-1-scaled.jpg

कोलकाता: नोबेल पुरस्कार विजेता अमर्त्य सेनलाई विश्व भारती विश्वविद्यालयको जमीनमाथि कथित रूपमा कब्जाको मामिलामा एकपल्ट फेरि नोटिस दिइएको छ। विश्व भारती प्रबन्धनद्वारा जारी नोटिसमा १५ दिनभित्र उनलाई घर अनि जमीन खाली गर्न लगाइएको छ। विश्वविद्यालयले नोटिसमा स्पष्ट गरेको छ, नोटिसको अनुपालन नगरेको खण्डमा विश्वविद्यालयले आफ्नो जमीन खाली गर्न बल प्रयोग गर्न पछि हट्ने छैन।उल्लेखनीय छ, यसअघि पनि विश्व भारतीले अमर्त्य सेनलाई नोटिस जारी गरेको थियो, जसमा उनलाई चाँडोभन्दा चाँडो जमीन खाली गर्न लगाएको थियो। तर, सेनले उक्त जमीन उनको रहेको दाबी गरेका थिए।जानकारी अनुसार, विश्वविद्यालयद्वारा अमर्त्य सेनका पितालाई बस्न लीजमा जमीन प्रदान गरिएको थियो। उनको मृत्युपछि उक्त जमीन फर्काउनु पर्ने थियो, तर सेनले उक्त जमीन उनको रहेको दाबी गर्दै न फर्काउने अडान स्पष्ट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement