सीबीआईले विधायक जीवनको मोबाइलको फोरेन्सिक जाँच गराउन चाहन्छ

ba4461f8bac399ac9eb6f0818aaf19e8.jpg

कोलकाता: सोमवार पक्रा परेको तृणमूल कांग्रेसका विधायक जीवन कृष्णा साहाको दुवैको मोबाइल फोनको फोरेन्सिक जाँच गराउन चाहन्छ। उसले केन्द्रिय एजेन्सीहरूलाई देखेर छेवैको पखोरीमा आफ्नो मोबाइल फ्याँकेका फ्याँकेको थियो। ३२ घण्टाको तलाशी अभियानपछि स्थानीय मानिसहरूले पोखरीबाट दुवै मोबाइल फोन उद्धार गरेका थिए।
शुक्रवार सीबीआईले जब मुर्शिदाबादको बरवानमा स्थित विधायकको घरमा छापामारी गरेको थियो, तब उनलाई घरमा” बसाएर सोधपुछ गरिन्दैथियो। अबेर साझँको समय अस्वस्थ भएपछि विधायक शौचालय गएको थियो औं भेन्टिलेशनबाट आफ्नो दुवै फोन पोखरीमा फ्याँकेको थियो। पम्प लगाएर रातभरि सीबीआईको टीमले पोखरीको पानी सुकायो र भोली पल्ट लगातार तलाशीपछि हिल्लोबाट दुवै फोन उद्धार भएको थियो। बिहीवार सीबीआईले अलीपुरको विशेष सीबीआई कोर्टमा एक आवेदन दिएको छ, जसमा विधायकको दुवै फोनको फोरेन्सिक जाँचको निम्ति अनुमति मागिएको छ, जुन भेटिएको छ। यसका साथै केन्द्रिय एजेन्सीले कोर्टलाई भन्यो, विधायक सरकारी शिक्षक पनि थियो। उसले सरकारी शिक्षकको वेतन पनि लिईरहेको थियो र विधायकको पनि धेरै ठाउँ उसको सम्पत्ति पनि फेला परेको छ, यसैले यस मामिलामा विस्तारले जाँचको निम्ति केही समय लाग्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement