भाजपाद्वारा उत्तर जिल्लामा गठन, टाशी ओङ्डुप लेप्चा अध्यक्ष चयनित

Untitled-1-copy-137

गान्तोकः आफ्नो साङ्गठनिक विस्तारका क्रममा बिहिवार भारतीय जनता पार्टी (भाजपा) सिक्किमले उत्तर सिक्किममा समिति गठन गरेको छ।मङ्गन बजार नजिक चाँदेमा आयोजित जिल्ला स्तरिय कार्यक्रम अवधि जिल्ला समितिको चयन गरिएको पार्टीले एउटा प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। विज्ञप्तिबाट प्राप्त जानकारी अनुसार, भाजपा सिक्किमले उत्तर जिल्ला समतिको अध्यक्ष पदमा टाशी ओङ्डुप लेप्चालाई चयन गरेको छ। समितिमा महासचिव पदमा राम बहादुर लिम्बू, कोषाध्यक्षमा सोनाम तोप्गे तामाङ, एससी मोर्चाको अध्यक्ष पदमा भानु शङ्कर, किसान मोर्चाको अध्यक्षमा महेन्द्र लिम्बू, मजदूर मोर्चाको अध्यक्षमा फुर्बा लेप्चा, बीजेवाईएमको अध्यक्षमा दावा तामाङ (गोले) र कार्यकारी सदस्य साथै विद्यार्थी मोर्चा, चालक मोर्चा र संघ मण्डलको पनि चयन गरिएको विज्ञप्तिमा जनाइएको छ।

पार्टीको जिल्ला स्तरिय सभा भाजपा राज्य अध्यक्ष डीआर थापाको अध्यक्षतामा आयोजन गरिएको थियो। यस सभामा उपाध्यक्ष अर्जुन राई, महासचिव भरत दुलाल लगायत अन्य कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। जिल्ला समितिका अध्यक्ष टाशी अङ्डुप लेप्चाको स्वागत सम्बोधनबाट शुरु भएको सभामा उपाध्यक्ष अर्जुन राईले सङगठनका कार्यकारी समितिर सदस्यहरूको जिम्मेवारी र भूमिकाबारे जानकारी गराउनसितै पार्टीको नीति, कार्यक्रम र योजनाबारे पनि चर्चा गरे।

आजको राजनैतिक तथा आर्थिक परिवेशमा भारतीय जनता पार्टीको आवश्यकता किन र कति छ भन्ने विषमाथि प्रकाश पार्दै भाजपाका राज्य अध्यक्ष डीआर थापाले सिक्किम र सिक्किमेको भावनाको सम्मान गर्नसितै धारा ३७१ एफले दिएको अधिकारलाई सुरक्षित राखेर पार्टीले सिक्किमको राजनीतिमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। यस अवसरमा अध्यक्ष थापाले मोदी सरकारका विभिन्न योजना र विकासीय कार्य साथै भारतीय जनता पार्टीका कार्यक्रमबारे मानिसहरूलाई विस्तृत रुपमा जानकारी गराउन कार्यकर्तालाई आग्रह गरेका थिए। आजको सभा अवधि केही मानिसहरू पार्टीमा सामेल भएका विज्ञप्तिमा उल्लेख गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement