माटोमा पुरिन्दा नानीको मृत्यु

mud-debris-fall-on-kids-playing-in-pit-6-died-2-injured-1641651537-5864.jpeg

जलपाईगढ़ी: बिहीवार एक नानीको खेल्दै गरेको समयमा दबेर मृत्यु भएको छ। अर्को एक नानी भाग्यले बाँच्यो। घटनामा मर्ने नानीको नाम जोय राय हो। घटना जलपाईगढ़ी सदर प्रखण्डको दक्षिण बेरूबाड़ी ग्राम पंचायत अन्तर्गत बांग्लादेश सीमा अन्तर्गत पर्ने बनग्राम गाउँको हो।सूत्रहरू अनुसार, आज बांग्लदेश सीमा अन्तर्गत पर्ने बनग्राम गाउँको बालेश्वरी फुटबल मैदानमा केही नानीहरू लुकिछिपि खेलिरहेका थिए। खेलेको समय जोय र नयन बालेश्वरी फुटबल मैदानको खाडलमा गएर लुके। तब माटो भासियो, जसमा दुवै नानी पुरिए। जसलाई देखेर एक नानीले चिच्याउनु शुरू गयो। नानीको सोर सुनेर सुब्रत राय नाम गरेको एक व्यक्ति घटनास्थलमा पुग्यो र दुवै नानीलाई जमीन मुनिबाट निकालेर हल्दीबाड़ी ग्रामीण अस्पतालमा लग्यो। जहाँ चिकित्सकहरूले जोयलाई मृत घोषित गरे। अर्कोतिर, घटनाको खबर पाएर मानिकगंज चौकी पुलिस घटनास्थलमा पुग्यो र घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement