जलपाईगढ़ी: एक सड़क दुर्घटनामा एक चिकित्सकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भए। यो घटना बुधवार अबेर राति धुपगढ़ी प्रखण्डको शालबाड़ी ओवरब्रिजमा भएको हो।मृतकको पहिचान जलपाईगढ़ी जिल्ला निवासी सुभ्रनील गुहा (४५) को रूपमा गरिएको छ अहिले उनी अलीपुरद्वार जिल्लाको कलेज पाडामा बस्थे।स्थानीय सूत्रहरू अनुसार, चिकित्सक क्रान्तिदेखि अलीपुरद्वार गईरहेका थिए। तब शालबाड़ी ओवरब्रिजमा एउटा सानो कार र ट्रकबीच भिड़न्त भयो। दुर्घटनाको समय कारको एयरब्याग नखोलिन्दा चिकित्सक गम्भीर रूपमा घाइते भए। अस्पताल लगेको समय चिकित्सकको मृत्यु भएको बताइँदैछ ।जलपाईगढ़ीका पुलिस उपाधीक्षक (यातायात) अरिन्दम पाल चौधरी अनुसार, यो दुर्घटना तीव्र गति र गलत साइडको कारण भएको हो। यद्यपि, पुलिस र ट्रैफिकले मामिलाको जाँच गरिरहेछ। पुलिसले दुवै वाहनलाई पनि सीज गरेको छ।









