टेट परीक्षाको जाँच गर्न हाई पावर कमिटी गठन गर्ने हाम्रो पार्टीको मांग

IMG-20230420-WA0227.jpg

दार्जीलिङ: टेट परीक्षाको जाँच हाई पावर एजेन्सीद्वारा गरियोस् भन्ने हाम्रो पार्टीले मांग गरेको छ। हाम्रो पार्टी दार्जीलिङ महकुमा समितिको सभा आज सम्पन्न भयो। सभापछि पार्टी प्रवक्ता राहुल गुरूङले बताए अनुसार आजको सभामा टेट परीक्षाको हाई पावर जाँच कमिटीद्वारा जाँच कार्य गरिनु पर्ने साथै टेट परीक्षामा परिक्षार्थीहरूको शुल्क आदि जस्ता विषयहरूलाई ध्यानमा राख्दै वित्त जाँच टोलीले पनि यस विषयमाथि जाँच कार्य गरिनुपर्छ भन्ने हाम्रो पार्टीको मांग रहेको प्रवक्ता गुरूङले बताएका छन्। आजको बैठकमा टेट परीक्षाको विषय लिएर राज्यको राज्यपाल, राज्यको शिक्षा मंत्री, दार्जीलिङ लोकसभा सांसद राजु विष्ट लगायत पहाडको तीनैजना विधायकहरूसँग पनि भेटवार्ता गर्ने निर्णय लिएको प्रवाक्ता गुरूङले बताएका छन्। टेट परीक्षा पूर्ण रूपमा जाली रहेको जीटीएको पूर्व चेयरम्यान एंव वर्तमान जीटीए सभासद विनय तामाङले सर्वजनिक गरिसकेको छ अनि उनले कानुनी प्रक्रियामा जरूरत परेको खण्डमा गवाही समेत दिने वचन दिईसकेको प्रवक्ता गुरूङ बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement