सिलगढी: बाघडुग्राको सन्न्यासी चियाकमान र केष्टपुर इलाकामा फेरि हात्तीले ताण्डव मच्चाएको छ। आज बिहान सो क्षेत्रमा जंगली हात्ती पसेर त्यहाँको केही घर भत्कादिनको साथै केही घरको भान्सा कोठामा पसेर खानेकुरो खाएर भाँडाकुडा समेत भत्काइदिएको बताइएको छ। यस घटनापछि इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। घटनाबारे वन विभागलाई खबर दिए तापनि कुनै वनकर्मी घटनास्थलमा नपुगेको स्थानीय मानिसहरूको आरोप रहेको छ।










