कुदिरहेको रेलबाट झर्ने हुँदा गुमाउनु पर्यो एउटा हात।

3ee77747-7e50-4915-a3e2-b765a6ac8bc4

सिलगढी: कुदिरहेको रेलबाट झर्ने प्रयास गर्दा एकजना व्याक्ति दुर्घटनाग्रस्त बनेको छन्।सो दुर्घटनामा ट्रेनको चपेटमा परेर व्यक्तिको एउटा हात काटिएको छ । घटनाको खबर पाउन साथ जीआरपी अनि आरपीएफ का जवानहरू घटनास्थलमा पुगेर घाइते अवस्थामा उक्त व्याक्तिलाई उद्धार गरेपछि जिल्ला अस्पतालमा प्राथमिक चिकित्साको लागि लगिएको बताइएको छ ।आज अपरान्ह राधिकापुर-सिलगढी लोकल डीएमयू ट्रेन जंक्शन रेलवे स्टेशनमा प्रवेश गरिरहेको समय एकजना व्याक्तिले कुदिरहेको ट्रेनबाट फ्लाइ ओवर ब्रीजको मुनि ओर्लिने प्रयास गर्दा दुर्घटनाको शिकार बन्यो । ट्रेनबाट झर्दा लडेर तिनको एउटा हात ट्रेनको चक्कामा परेर काटियो। यस दुर्घटना पछि ट्रेन केही समयसम्म त्यहीं रोकियो यसपछि जीआरपी र आरपीएफ को टीम घटनास्थलमा पुगेर उक्त घाइते व्याक्तिलाई उद्धार गरेर चिकित्साको लागि अस्पताल लगेपछि फेरि ट्रेन प्रस्थान भएको बताइएको छ । हालसम्म घाइते व्यक्ति चिन्हित हुन नसकेको साथै घटनाबारे छानबिन जारी रहेको रेलवे सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement