सिलगढी: सिलगढी जिल्ला अस्पताल परिसरमा शुद्ध पिउने पानीको ड्रम जडान गरिएको छ। अत्याधिक गर्मीलाई ध्यानमा राखेर अस्पतालमा आउने साधारण मानिसहरूको लागि जिल्ला अस्पताल परिसरमा शुद्ध पिउने पानीको ड्रम राखिएको छ। हाल अस्पताल परिसरमा मोठ छवटा पिउने पानीको ड्रम राखिएको छ। अस्पतालको प्रत्येक प्लोरमा दुईवटा गरेर पिउने पानीको ड्रम राखिएको छ। यसको साथै वाटर डिसपेन्सन युनिट तयारी गरिनेछ। एकजना रोगीको परिवारका सदस्यहरूले बताएअनुसार, साधारण मानिसहरूलाई ध्यानमा राखेर अस्पताल कर्तृपक्षले गरेको उक्त पहल अति नै प्रशंसनीय छ। हाल अत्याधिक गर्मीले गर्दा धेरैजना मानिसहरू बिमारी भएका छन्। अस्पतालमा उपचारको लागि आउनेहरूको लागि पनि शुद्ध पिउने पानी खुबै आवश्यक थियो। अस्पतालको उक्त पहलले गर्दा तिनीहरू अत्यन्तै खुसी छन्। सिलगढी जिल्ला अस्पतालका सुपर चन्दन घोषले भने, अत्याधिक गर्मीमा केही राहत दिलाउने उद्देश्य लिएर रोगी तथा तिनका परिवारका सदस्यहरूको लागि शुद्ध पिउने पानीको ड्रमको व्यवस्था गरिएको हो। आगामी दिनमा अस्पतालमा आउने मानिसहरूको लागि ओआरएसको पनि व्यवस्था गरिनेछ।










