कुचबिहार: एक नाबालिक बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ। दिनहाटा डिभिजन अदालतका न्यायाधीश हेमन्त सिन्हाले बिहीबार यस्तो फैसला गरेका हुन् । दोषी व्यक्तिको नाम बब्लु बर्मन हो। उनी दिनहाटा खोचबारी क्षेत्रका बासिन्दा हुन् ।दिनहाटा अदालतका सरकारी अधिवक्ता तहरुल इस्लामले भने कि २५ जुलाई २०२० मा ती व्यक्तिले छिमेकी नाबालिक बालिकालाई बलात्कार गरेको थियो। कैयौं वर्षको लगातारको मुद्धापछि न्यायाधीशले यो फैसला सुनाएका हुन् । अदालतले जन्मकैदका साथै १० हजार रुपियाँ जरिवाना, नतिरे थप ३ महिना कैदको फैसला गरेको छ।










