टेट परिक्षा चूनावी खर्च संग्रह गर्ने कार्य मात्र थियो

IMG-20230420-WA0225.jpg

सीबीआई जाँचको मांग गर्दै हामी शीध्र नै उच्च न्यायालयमा जन-याचिका दर्ता गर्नेछौ: प्रशान्त लामा

दार्जीलिङ: टेट परीक्षाको विषयमाथि हाम्रो पार्टीले उच्च न्यायलयमा जन याचिका दर्ता गर्ने मिरिक ब्राञ्च कमिटि अध्यक्ष प्रशान्त लामाले जनाएका छन्। हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटिले आज मिरिक बजारको विभिन्न क्षेत्रहरूमा टेट परीक्षालाई लिएर ब्यापक रूपमा पोस्टरिङ गरेको छ। शहरको विभिन्न क्षेत्रहरूमा पोस्टररिङ गरेपछि हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटी अध्यक्ष प्रशान्त लामाले गत १४ फरवरी २०२१ को दिन जीटीएले टेट परीक्षाको आयोजना गरेको थियो अनि उक्त टेट परीक्षामा ४४ हजार भन्दा धेर युवा युवतीहरू एंव शिक्षित जमातहरू परिक्षार्थीको रूपमा अंश ग्रहण गरेका थिए भनी बताउँदै हिज अस्तीको दिन मात्र जीटीएको पूर्व चेयरम्यान एंव वर्तमान सभासद बिनय तामाङले उक्त टेट परीक्षा तीन चारजना ब्यक्तिहरूले बन्द कोठामा सर-सल्लाह गरेर टेट परीक्षा बोलाएको थियो अनि त्यो टेट परीक्षा पूर्ण रूपमा फर्जी रहेको थियो भन्दै त्यसको गवाही आफु स्वयम् रहेको समाजिक संजालहरूमा बताईसकेका छन् भनी हाम्रो पार्टीको मिरिक ब्राञ्च कमिटीको अध्यक्ष लामाले बताएका छन्। उनले टेट परीक्षा विषयमा भने, ‘भागोप्रमोले जनताको आँखा छल्ने गरेको कामहरू सार्वजनिक भईरहेको छ। टेट परीक्षाको समयमा अनित थापा स्वयम् जीटीए चेयरम्यानको पदमा आसिन थिए।’
उनले अघि भने, ‘आफु स्वयमले पनि बीएड परीक्षा उर्तीण भएको ६ वर्षपछि टेटको परीक्षा हुने कुरा सुनेर आफु स्वयम् पनि परीक्षामा बसेको अनि आफु जस्तै धेरै शिक्षित बेरोजगार युवा युवतीहरू एंव शिक्षित जमातहरू परीक्षामा अंश ग्रहण गरेका थिए। तर जीटीएको चौकीमा बस्नेहरूले टेट परीक्षाको विषयमाथि राज्य सरकार स्वयमलाई अन्धकारमा राखेर परीक्षा बोलाएका थिएछ भन्ने अहिले सर्वजनिक हुँदैछ। टेट परीक्षा चारजना मानिसहरूले बन्द कोठामा चुनावी कार्य नीतिको रूपमा प्रयोग गरेको थिएछ भन्ने सर्वजनिक भएको छ अनि हामी यसको घोर विरोध गर्छौ।’
उनले अझ भने, ‘फर्जी टेट परिीक्षामा ४४ हजारभन्दा धेर परिक्षार्थीहरूले अंश ग्रहण गरेका थिए अनि उनीहरूबाट परीक्षा शुल्कको रूपमा २७० रूपियाँ संकलन गरेका थिए जसमा दुई करोड रूपियाँभन्दा धेर राशि उनीहरूले संग्रह गरेका थिए।परीक्षा भएको दुई वर्ष नाघिसक्दा पनि कुनै प्रकारको सूचना वा खबर केही छैन यसले गर्दा स्पष्ट हुन्छ टेट परीक्षा चुनावी खर्च संग्रह गर्न गरिएका थिए।’
मिरिक ब्राञ्च कमिटीको अध्यक्ष प्रशान्त लामाले भने अनुसार हाम्रो पार्टीले टेट परीक्षाको विषयमाथि शीघ्र नै उच्च न्यायलयमा जन याचिका दर्ता गर्नेछ अनि परीक्षाको नाममा संग्रह गरिएको धनराशिको सीबीआई जाँच गरिनुपर्छ भन्ने हाम्रो मांग छ भनी बताएका छन्।

About Author

Advertisement