जनता समक्ष मुख देखाउन गाह्रो भएको कारण विनय र अजयले टेट परीक्षालाई लिएर चुनावी दुष्प्रचार गरीरहेका छन्: एस पी शर्मा

IMG-20230420-WA0228.jpg

दार्जीलिंग: विगत दुई वर्ष अघि भएको टेट परीक्षालाई लिएर विनय तामाङले दुई दिन अघि जुन खुलासा गरेका थिए त्यस विषयलाई लिएर जीटीएका जनसम्पर्क अधिकारी एसपी शर्माले भागोप्रमोको पक्षबा स्पष्टीकरण राखे।शर्माले भने – विनय तामाङले विगत दुई वर्षमा केही पनि बोल्नु भएन तर आज चुनाउ नजिक आउँदा कसरी उनलाई याद आयो? उनीहरूलाई जनताको समक्ष मुख देखाउन गाह्रो भएको कारण नै यस्ताे दुष्प्रचार गरीरहेका छन्।
उनले भने – विनय तामाङकाे बयानले उनको जातिप्रतिकाे सोंच स्पष्ट देखिन्छ, कुरा गर्दा चाँहि सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खाको गर्छन् तर बयानमा चाहिँ जीटीए क्षेत्रको मात्र सोंच राखेर कुरा गर्छन्, तराई र डुवर्स छुट्याउँछन। यस्ताे संकीर्ण सोच भएको मानिसलाई जनताले चिन्नुपर्छ।
शर्मा अझै भन्छन – जुन बेला टेट परीक्षा बसालियो त्यससमय जीटीएमा निर्वाचित भएका कोही थिएनन्, जब जीटीएको निर्वाचन भयो त्यसपछि निर्वाचित भएका समूहले यसलाई लागू गराउन पहल चालिसकेको छ, त्यो विनय अनि एडवार्डलाई पनि थाहा छ तर थाहा हुँदाहुँदै पनि चुनाव नजिकिँदा सस्तो प्रकारको राजनैतिक दुष्प्रचार गरी जीटीए र भागोप्रमोलाई नराम्रो बनाउने प्रयास गरेका मात्र हुन्, यो जनताले बुझ्न जरुरी छ।
उनले अझै थपे – टेट परीक्षार्थीहरुले अतालिनु र निराश हुने कुनै आवश्यकता छैन किनकि जीटीए सभाले यसमाथि पहल चालिसकेको र राज्य सरकारलाई ज्ञापन पत्र पठाइसकेको छ। अब चाँडै सरकारले नोटिफकेसन जारी गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement