२० अप्रेलः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को २७औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-ले पञ्जाब किंग्सलाई २४ रनले पराजित गऱ्यो। मोहालीमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनायो। फाफ डू प्लेससिसले ५ वटा छक्का र ५ वटा चौकाको साथ ५६ बलमा सर्वाधिक ८४ रन बनाए। यसबाहेक कप्तान विराट कोहलीले ५ वटा चौका र एउटा छक्काको साथ ४७ बलमा ५९ रन बनाए। यी दुईले पहिलो विकेटको निम्ति १६.१ ओभरमा १३७ रनको पार्टनरशीप गरी टीमलाई असल शुरुवात दिलाए। पछिबाट द्रुत विकेटको पतन हुँदा आरसीबी १७४-को स्कोरमा रोकिन पुग्यो। पञ्जाब किंग्सका बलरहरूमा हरप्रीत बरारले सर्वाधिक २ विकेट लिए। जवाफमा पञ्जाब किंग्सको टीम १८.२ ओभरमा १५० रन बनाएर अलआउट भयो। इम्प्याक्ट प्लेयर प्रभसिमरन सिंहले ४ वटा छक्का र ३ वटा चौकाको साथ ३० बलमा सर्वाधिक ४६ रन बनाए। यसबाहेक विकेटकीपर जितेश शर्माले ३ वटा छक्का र २ वटा चौकाको साथ २७ बलमा ४१ रन बनाए। यी दुईबाहेक अरू कसैले उल्लेखनीय योगदान दिन सकेनन्। आरसीबी-का बलरहरूमा मोहम्मद सिराजले सर्वाधिक ४ विकेट लिए।










