खरसाङ: पहाड़मा खेलकूदलाई सदैव अघि लिएर गईरहेको खेलकूद संस्था खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा आगामी ३० अप्रेलदेखि खरसाङमा लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिने भएको छ। यस लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको लागि सर्वप्रथम आउने टिमहरूलाई प्रथम प्राथमिकता दिइने भएको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको खेलकूद क्यालेण्डर अनुसार यसपालीको दोस्रो खेलकुद कार्यक्रम अनुसार खरसाङको चानमारी खेल मैदानमा लेदर बलको साथमा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट हुने भएको छ। यस विषयमा एक भिडियो जारी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी गराएका छन्। उनले उक्त लेदर बलमा टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गर्नुको मुख्य उद्देश्य स्थानीय युवाहरूले पनि मौका पाउनुपर्छ साथै स्थानीय प्रतिभाशाली युवाहरूले क्रिकेटमा भविष्य बनाउन सक्ने किनभने टेनिस बलमा ठूला ठूला टुर्नामेन्टहपू खेल्न नसकिने भएकोले लेदर बलमा क्रिकेट खेल्न सके ठूल्ठाला क्रिकेट टुर्नामेन्टहरूमा पनि मौका पाउन सक्ने सम्भावना हुन्छ। त्यसैले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघले युवाहरूका लागि लेदर बलको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्ट आयोजना गरिरहेको जानकारी गराएका छन्।

संघको सचिव निर्मल गुरुङले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा खरसाङ प्रिमियर फुटबल टुर्नामेन्टको पनि आयोजना गरिने विषयमा पनि जानकारी गराएका छन्। उनले खरसाङ गोर्खा पार्वत्य खेलकूद संघद्वारा वर्षभरिको खेलकूद क्यालेण्डर अनुसार पहिलो टुर्नामेन्ट भलिबल कार्निभलको सफल आयोजनापछि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले एउटा भिडियो जारी गर्दै भलिवल कार्निभलमा सहभागिता जनाउने र सहयोग गर्नेहरू साथै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सबै सदस्यहरूप्रति आभार प्रकट गरेका छन्।










