सिलगढीः आगामी पुस्ताको सुरक्षित भविष्यका लागि प्लास्टिकको क्यारी ब्यागको प्रयोग बन्द गरिनुपर्छ । यसै सन्दर्भमा बिहीबार २ नम्बर बोरो कमिटीले विधान मार्केट क्षेत्रमा प्लाष्टिकको क्यारी ब्याग प्रयोग नगर्ने सन्देश दिँदै अभियान चलाएको थियो । सिलगढी सहरमा प्लाष्टिकको झोलाको व्यापक प्रयोग भइरहेको छ ।सहरका विभिन्न स्थानमा प्रतिबन्धित प्लाष्टिकका झोला प्रयोग भइरहेका छन् । सिलगढी महानगरपालिकाले विगतमा पटकपटक अभियान चलाए पनि प्लाष्टिकको झोलाको प्रयोग रोकिएको छैन । यसैको फलस्वरूप सिलगढी नगर निगमले सिलगढी शहरलाई फेरि प्लास्टिकमुक्त बनाउन पहल गरेको छ।सिलगढी नगर निगमको नम्बर २ बोरो समितिको पहलमा बिहीबार सम्पूर्ण विधान मार्केटमा प्लाष्टिक विरुद्ध सचेतना अभियान सञ्चालन गरिएको थियो। भविष्यमा प्लाष्टिकको क्यारी ब्यागको प्रयोग बन्द नगरे कडा कारबाही गरिने अधिकारीहरूले बताएका छन् ।








