नयाँ दिल्लीः पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयले नामीबिया र दक्षिण अफ्रिकाबाट ल्याइएका चितुवाहरूको नाम सुझाउनको लागि आयोजित प्रतियोगिताका विजय प्रतिभागीहरूलाई बधाई दिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत २५ सेप्टेम्बरमा ‘मन की बात’ कार्यक्रममा परियोजना चितुवालाई लोकप्रिय बनाउने तथा सम्वेदनशील बनाउने उद्देश्यले नामीबिया र दक्षिण अफ्रिकाबाट ल्याइएका चितुवाहरूको नाम राख्नको लागि नागरिकहरूसित नाम सुझाउने आग्रह गरेका थिए। यी सुझाहरूको आधारमा नामीबियाबाट ल्याइएका चितुवाहरूको नाम आशा, पवन, नाभा, ज्वाला, गौरव, शौर्य औ धरती राखिएको छ भने दक्षिण अफ्रिकाबाट ल्याइएका चितुवाहरूको नाम दक्षा, नीर्वा, वायु, अग्नि, गामिनी, तेजस, वीरा, सूरज, धीरा, उदय, प्रभास औ पावक राखिएको छ। मन्त्रालयले नामको सुझाउ दिने प्रतिभागीहरूको नाम पनि जारी गरेको छ।
प्रतियोगिता ‘मायगोव’ (mygov.in) मञ्चमा गत वर्षको २६ सेप्टेम्बरदेखि ३१ अक्टुबरसम्म आयोजना गरिएको थियो जसमा कुल ११,५६५ प्रतिभागीहरूले भाग लिएका थिए। एक चयन समितिद्वारा प्रतिभागीहरूको जाँच गरियो तथा उनीरूको संरक्षण एवं सांस्कृतिक मूल्यको लागि सुझाइएका नामहरूको महत्व र प्रासंगिगताको आधारमा चितुवाहरूको नाम चयन गरिएको छ।










