तृणमूलका स्थानीय गुण्डाहरूले भाजपाका नगर सचिवलाई कुटपिट गरेको आरोप

09772183-e143-4322-999e-d8e594420d3c

कुचबिहार: तृणमूलले भाजपाका नगर सचिव पार्थ सरकारलाई कुटपिट गरेको आरोप लागेको छ। भाजपाका माथाभाङ्गा नगरपालिका डिभिजनल सेक्रेटेरी पार्थ सरकारलाई कामबाट घर फर्किने क्रममा कथित रुपमा कुटपिट भएको छ । घटना माथाभाङ्गाको वडा नम्बर १२ को नेताजीपाडा क्षेत्रमा भएको हो ।उनको हाल माथाभाङ्गा नगर अस्पतालमा उपचार भइरहेको छ । पार्थ सरकारका अनुसार उनी काम सकेर घर फर्कंदै गर्दा वडा नम्बर १२ मा तृणमूलका केही गुण्डाहरूले उनलाई आक्रमण गरे। उनले आफू भाजपामा प्रवेश गरेकोले गर्दा उनीमाथि कुटपिट भएको आरोप लगाए । तर, तृणमूलले भने सबै आरोप निराधार भएको दाबी गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement