रेलको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु

dd610741-ae3c-41de-a63d-130bf9c2f400

जलपाइगढीः रेलको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुने युवक मैनागढी वर्नीश ग्राम पञ्चायतको कलतापाडा निवासी उदय शंकरका छोरा २७ वर्षीय मृत्युञ्जय राई रहेका छन् । बुधवार राति करिब १२ बजेसम्म परिवारका सदस्यले उनलाई घरमै देखेका थिए ।तर मृत्युञ्जय राति अबेर घरबाट निस्किएको कसैले पत्तो पाएनन् । बिहीबार बिहान गाउँ नजिकै रहेको मैनागढीबाट चेंगड़ाबाधा जाने रेल लाइनमा उनको शव रहेको स्थानीयले देखे। पछि स्थानीयले मृतक युवकको घरमा खबर गरेपछि आफन्त आएर शव पहिचान गरेका थिए । घटनाको जानकारी पाएपछि मैनागढी थाना पुलिस र जीआरपी घटनास्थल पुगेका थिए।मैनागढी पुलिस र जीआरपीले घटनाको अनुसन्धान गरिरहेको छ। पुलिसले शव बरामद गरी बिहीबार पोस्टमार्टमका लागि जलपाइगढी मेडिकल कलेजमा पठाएको छ। यता मृत युवक मृत्युञ्जयको अर्को महिनाको १ तारीख विवाह तय भएको परिवारका एक सदस्यले बताए । मृत्युञ्जयको परिवारमा कुनै पारिवारिक कलह नभएको पनि उनले बताए । यो घटना आत्महत्या हो वा दुर्घटना, सबैलाई कौतुहल छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement