खरसाङ: आज 28 नम्बर खरसाङ देवराली समष्टि अन्तर्गत मजुवा, तितेनी, खुन्द्रुके क्षेत्रवासीकाे सरकारी राशन विषय धेरै वर्षदेखि रहेकाे समस्या समाधान हेतु क्षेत्रीय सभासद श्याम शेर्पाको नेतृत्वमा खाद्य विभाग खरसाङकाे पदाधिकारीहरुलाई गुनासो पत्र बुझाउने कार्य गरेका छन्। सभासद श्याम शेर्पासित मजुवा, तितेनी र खुन्द्रुकेवासीहरू धेरै मात्रामा उपस्थित रहेका थिए। यसावधि सभासद श्याम शेर्पाको नेतृत्वमा रहेको टोलीले खरसाङ खाद्य विभागको चिफ ईन्स्पेक्टर जोगेश गिरी, ईन्स्पेक्टर सौभिक प्रमाणिकसित भेट गरी लिखित रूपमा ज्ञापन पत्र बुझाएका छन्। उक्त गुनासोपछि खाद्य विभागका पदाधिकारीहरूले क्षेत्रमा नै आएर समस्याक समाधान गरिदिने वचन दिएको जानकारी गराएका छन्। यदि खरसाङ खाद्य विभागबाट पनि समस्याको समाधान नभए उच्चाधिकारीहरू समक्ष पनि जाने भएको जानकारी प्राप्त भएको छ। जनताको पक्षमा खरसाङको खाद्य विभागमा ज्ञापन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले विस्तृत रुपमा जानकारी गराएका छन् । यस विषयमा जानकारी गराउँदै सभासद श्याम शेर्पाले 28 नम्बर समष्टिभित्र पर्ने पञ्चायत क्षेत्र मजुवा, तितेनी, खुन्द्रुके क्षेत्रका जनसाधारणलाई विगत धेरै वर्षदेखि सरकारी राशन थाप्नकाे लागि तीन- साढे तीन किलोमिटर हिँड़ेर देवरालीमा आउनुपर्ने हुनाले धेरै नै असुविधा भईरहेको थियो। वर्तमानमा सरकारले द्वारे राशन जस्तो योजना बनाए पनि उक्त क्षेत्रकाे मानिसहरु यो योजनादेखि बञ्चित रहेको छ र राशन दोकानेले सरकारी नियमकाे पालन गरेको छैनन् भनी बताएका छन्। मजुवा तितेनी खुन्द्रुके क्षेत्रमा लगभग हजारौं मान्छे बसोबास गर्दैछन्। सरकारी नियम अनुसार प्रत्येक राशन दोकानले जनताको सुविधा अनुसार प्रत्येक गाउँमा नै लगेर राशन वितरण गर्नुपर्ने हुन्छ। नयाँ नियम अनुसार प्रत्येक राशन पाउने मानिसहरुकाे हातकाे अौंलाकाे छाप दिनु पर्ने हुन्छ यस कारणले वरिष्ठ नागरिकहरु, वृद्ध मानिसहरु तीन -साढे तीन किलोमिटर हिँड़ेर देवराली आउँदा पनि हातकाे अौंलाकाे छाप नमिल्दा फेरि फर्केर घरकाे अन्य सदस्यहरु जानु पर्ने हुनाले धेरै असुविधा भईरहेकाे जनगुनासो थियो।
विशेष गरी उक्त क्षेत्रवासी कमानमा काम गर्ने हुनाले आईतवार मात्रै छुट्टी हुनाले आईतवार नुहाउने, लुगा धुने हुन्छन् तर राशनकाे लागि तीन – साढे तीन किलोमिटर हिँड़ेर राशन लिएर फेरि तीन साढे तीन किलोमिटर फर्कनु पर्दा दिनै बितेर अन्य कार्यहरु नभ्याउने हुन्छ।

आज भुक्तभोगी जनताहरुलाई लिएर खरसाङकाे खाद्य विभागमा गएर समस्या लिखित रुपमा दिएको छौं भनी बताएका छन्। उनले आज खाद्य विभागकाे कन्ट्रोलर कार्यमा उपस्थित थिएन भन्दै हामीले चिफ ईन्स्पेक्टर जोगेश गिरी, ईन्स्पेक्टर सौभिक प्रमाणिकसित वार्तालाप गर्यौं र उनीहरु चाढ़ै नै यस समस्याको समाधान गरिदिने वचन दिएको छ बताएका छन्। उनले मजुवा क्षेत्रमा नै समान वितरण गरिदिने आश्वासन दिएको छ। यदि उनीहरूले समाधान नगरिदिए अझैं उच्च अधिकारीहरुलाई जनगुनासो गर्ने जानकारी गराएका छन्।
आजको कार्यक्रममा विशेष गरी क्षेत्रीय सभासद श्याम शेर्पासित धेरै मात्रामा मजुवा, तितेनी, खुन्द्रुकेवासीहरु उपस्थित रहेका थिए।