खरसाङको मोहन लामाले दिए हाम्रो पार्टीबाट राजीनामा

CollageMaker_2023420174110749.jpg

खरसाङ: हाम्रो पार्टी खरसाङको मोहन लामाले पार्टीबाट राजीनामा दिएका छन्। मोहन लामाले गत जीटीए चुनावमा खरसाङ गिध्द पहाड़ समष्टिबाट हाम्रो पार्टीबाट चुनाव लड़ेका थिए। उनी जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको विरूध्द खरसाङ गिध्द पहाड़ समष्टिबाट चुनाव लड़ेका थिए भने उनी अनित थापाबाट पराजित बनेका थिए। जीटीए चुनावको लगभग वर्षपछि मोहन लामाले हाम्रो पार्टीको साधारण सदस्यबाट पनि राजीनामा दिएका छन्। उनले हाम्रो पार्टीको अध्यक्ष र सचिवलाई राजीनामा पत्र लेखेका छन्। हाम्रो पार्टीबाट राजीनामा दिएको विषयमा पत्रकारहरूले सोधेका एक प्रश्नको उत्तरमा मोहन लामाले पार्टीसित आईडोलजी नमिलेर साथै पुरानो रिजेक्ट भईसकेका नेताहरूसित मिलेर कार्य गरिरहेकोले अनि सोचे अनुसार पहाड़को जनताक लागि केही गर्न नसकेको कारणले हाम्रो पार्टीबाट राजीनामा दिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement