दार्जीलिङ: दुईवटा नरिवल फुटाएर पनि बाटोको अवस्था जस्ताका तस्तै रहेको र पिठ्युमा बोकेर कमजेरका वृद्व-वृध्दाहरूलाई वृद्व भत्ता थाप्न पुराउन पर्दैछ भनी हाम्रो पार्टीले आरोप लगाएको छ। ४० नम्बर समष्टि अन्तर्गत पर्ने कमजेर बस्तीको बाटो अति नै सोचनीय अवस्थामा रहेको र बाटोको जीर्णावस्थाको कारणले गर्दा स्थानीय वासिन्दाहरूले धेरै प्रकारको समस्याहरू भोग्न परिरहेको छ भनी हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। स्थानीय बासिन्दाहरूको अनुरोधमा हाम्रो पार्टीको केन्द्रीय कमिटी सदस्य साथै खण्ड दुईको अध्यक्ष असिम चन्द्र देवानको नेतृत्वमा समीर सुब्बा, प्रमोद सुब्बा आदि कमजेर रोडको निरीक्षण गर्न पुगेका थिए।स्थानीय बासिन्दाहरूले कमजेर रोडको अवस्था देखाउँदै आजसम्म जीटीएले यस रोडको निर्माण कार्यको निम्ति दुईचोटी शिलान्यास कार्य पनि गरी सकेको जानकारी गराएको अध्यक्ष देवानले गराएका छन्। गत २०२१ मा बंगाल विधानसभा चुनाव अघि जीटीएले कमजेर रोडको निर्माण कार्य गर्न शिलान्यासको कार्य गरेको थियो। रोड निर्माणको निम्ति जीटीएले १ करोड ७१ लाख ३३ हजार नौ सय २५ रूपियाँ २० पैसाको बजट पारित गरिएको शिलान्यासको क्रममा लगाएको बोर्डमा उलेख गरिएको छ। त्यसरी नै जीटीए सभाको चुनाव अघि पनि पुनः रोड निर्माणको लागि शिलान्यास गरिएको हो। तर आजसम्म कमजेर रोडको अवस्था जस्ताका तस्तै छन्।

स्थानीय गाउँका वृद्वहरूलाई वृद्व भत्ता थाप्न पिठ्युमा बोकेर पुराउनपर्छ। यत्ति मात्र होइन विमारीहरूलाई उपचार गर्न पिठ्युमा बोकेर अस्पताल पुराउनपर्छ भन्ने गाउँलेहरूले बताएका छन्।स्थानीय बासिन्दाहरूले अघि भने चुनावको समयमा गाउँलेहरूको भोट हत्याउन रोड निर्माणको शिलान्यास गर्ने गर्छन् तर आजसम्म रोड निर्माणको कार्य पूरा गरेका छैन। अहिले पञ्चायत चुनावको कुरा चल्दैछ। अब फेरि उनीहरू रोड निर्माणको कार्यहरू शुरू गर्न सक्छन् भन्ने स्थानीय बासिन्दाहरूले बताएको हाम्रो पार्टीले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। प्रेस विज्ञप्तिमा बताइए अनुसार स्थानीय गाउँलेहरूले अघुटि भने, कमजेर गाउँको सचेत युवाहरू हौं। गत 2021 मा रोड निर्माण कार्यलाई लिएर गरिएको शिलान्यासको कार्य आज 2023 सम्म आईपुग्दा पनि रोड निर्माणको कार्य पूरा भएको छैन। कमजेर गाउँवासीहरूको आय स्रोत खेती किसान हो। कमजेर खोल्साबाट कूलो खनेर धान रोप्ने गर्छन् तर रोड निर्माणको नाममा कुलो पुर्ने कार्यहरू गरिएको छ। बाटोमा अलकत्र विछाएको छैन। बर्खायामको पानी बग्ने नाला समेत छैन। कमजेर खोल्सा दलदले क्षेत्र रहेको हुनाले बर्खायाममा कुनै प्रकारको प्राकृतिक प्रकोप जानु सक्ने प्रबल सम्भावनाहरू देखा परेको छ। धान रोप्ने समय आईसकेको छ। पानीबिना धानको खेती सम्भाव छैन,स्थानीय गाउँलेहरूले कमजेर खोल्साबाट कुलो खनेर खेतमा पानी ल्याउने गर्छन् तर यस चोटी त्यो पनि सम्भाव नरहेको स्थानीय बासिन्दाहरूलेे बताएका छन्।










