नडालले म्याड्रिड ओपनमा नखेल्ने

IMG-20230420-WA0145.jpg

२० अप्रेलः दिग्गज टेनिस खेलाड़ी रफायल नडालको चोट अहिलेसम्म सम्पूर्ण रूपले निको भएको छैन। यसैकारण उनले आउँदो हप्तादेखि शुरु हुने म्याड्रिड ओपनमा हिस्सा लिनेछैनन्। बाईसपल्टका ग्राण्ड स्ल्याम च्याम्पियन नडाललाई अष्ट्रेलियन ओपनको अवधि चोट लागेको थियो अनि उनले जनवरीपछि कुनै टुर्नामेण्ट खेलेका छैनन्। चोटले गर्दा उनी इण्डियन वेल्स, मियामी ओपन, मोण्टे कार्लो र बार्सिलोना ओपनबाट बाहिर रहेका थिए। म्याड्रिड ओपन सोमवारदेखि शुरु हुनेछ अनि टुर्नामेण्टमा नडाल पाँचपल्टका च्याम्पियन हुन्। नडालले आफ्नो इन्स्टाग्राम पेजमा स्पेनिश भाषामा लेखेका छन्, यसले (चोट) गर्दा म ६-देखि ८ हप्तासम्म कोर्टदेखि बाहिर रहनु थियो तर म गत १४ हप्तादेखि बाहिर रहेको छु। हामीले चिकित्सकहरूका परामर्श अनुसार काम गरिरहेका छौं तर चोट उनीहरूले भने जस्तो तरिकाले निको भइरहेको छैन अनि अहिले हामी मुश्किल परिस्थितिहरूमा रहेका छौं। अब २८ मईदेखि खेलिने सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनमा खेल्नेछन् या छैनन् भन्ने विषयमा चाहिँ नडालले कुनै जानकारी दिएनन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement