पञ्चायत उप-चुनाउः मतदान सुचारू रूपमा जारी

Untitled-1-copy-133

गान्तोकः सिक्किममा बिहिवार पञ्चायत उप-चुनाउको निम्ति मतदान शुरू भएको छ। राज्यका विभिन्न जिल्लाहरूमा बिहान आठ बजीदेखि मतदान शुरू भयो र सॉंझ पॉंच बजीसम्म मतदान चल्नेछ। मतदान शुरू गर्नअघि सबै मतदान केन्द्रहरूमा मक-पोल गरिएको थियो। उत्तर सिक्किमको मंगन जिल्ला अन्तर्गत नामोक-स्वयेम जिल्ला पञ्चायतको निम्ति बिहानदेखि मतदान शुरू भएको छ। यस जिल्ला पञ्चायतको निम्ति दुई जना उम्मेदवार चुनावी मैदानमा छन्। यहॉं कूल १०११ मतदाता छन् भने कूल पॉंचवटा मतदान केन्द्र स्थापित गरिएको छ।

यसरी नै पूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत लिङ्के वार्डमा पनि मतदान शुरू भएको छ। यस वार्डमा कूल ४६२ मतदाता छन्, जसमा पुरुषको संख्या २२६ र महिला मतदाताको संख्या २२६ छन्। दक्षिण सिक्किमको नाम्ची जिल्लामा पर्ने लोवर गाङ्गयोङ वार्ड र अप्पर छलमथाङ वार्ड पनि बिहानदेखि मतदान जारी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement