मुख्यमन्त्री योगी आदित्यनाथका परिवारको सुरक्षालाई लिएर उत्तराखण्ड पुलिस सतर्क

Untitled-1-copy-132

माफिया अतीक औ अशरफको हत्यापछि बढ़ाइयो सतर्कता

ऋषिकेशः गए केही दिनपूर्व प्रयागराजमा माफिया अतीक अहमद औ उसको भाइ अशरफको हत्या भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री सहित मन्त्रिमण्डलका सदस्यहरूको सुरक्षा व्यवस्थालाई अझ बढ़ाइएको थियो भने अब उत्तराखण्ड राज्य अधिनस्थ पौड़ी गढ़वाल जिल्लाको यमकेश्वर खण्डस्थित मुख्यमन्त्रीको पैतृक गाउँ पंचूरमा बसोबास गर्दै आएका मुख्यमन्त्रीका परिवारका सदस्यहरूको सुरक्षालाई लिएर राज्य पुलिस प्रशासन सतर्क भएको छ। पूर्वमा राजस्व क्षेत्रमा सामेल यस गाउँ र खण्डलाई अब रेगुलर पुलिसको अधिकार क्षेत्रमा सामेल गरिएको छ। यमकेश्वरलाई पहिला नै थाना बनाइएको थियो भने यहाँ पहिलादेखि नै तैनाथ पुलिसकर्मीहरूलाई सतर्क रहने आदेश दिइएको छ।

बितेका केही दिनअघि प्रयागराजमा माफिया अतीक अहमद र उसको भाइको पुलिस सुरक्षाबीच गोली ठोकी हत्या गरिएको थियो। उक्त घटना पश्चात सम्पूर्ण उत्तर प्रदेशमा सरकारको तर्फबाट सुरक्षा सम्बन्धि सबै कदमहरू उठाइएको छ। वर्तमान उत्तर प्रदेशको स्थितिलाई मध्यनजर गर्दै मुख्यमन्त्री योगी आदित्यनाथका परिवारको सुरक्षालाई लिएर उत्तराखण्ड पुलिस गम्भीर छ। वरिष्ठ पुलिस अधीक्षक पौड़ी गढ़वाल श्वेता चौबेले बताइन्, प्रयागराजको घटनालाई केन्द्र गर्दै प्रदेश स्तरमा पुलिस प्रशासन सबै ठाउँमा सतर्क छ। उत्तर प्रदेशका मुख्यमन्त्रीको पैतृक गाउँ र उनको परिवार पहिलादेखि नै पुलिस प्रशासनको सुरक्षा व्यवस्था अधिनस्थ छन्। सम्बन्धित गाउँ अब थाना क्षेत्रमा सामेल भएको छ। त्यहाँका थानाध्यक्षलाई मुख्यमन्त्रीको आवास अनि परिवारको सुरक्षालाई लिएर नियमित रूपले सक्रिय रहने निर्देश जारी गरिएको छ। उनले यसलाई रूटिनको प्रक्रिया बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement