गान्तोकः राजधानी गान्तोकमा आउॅंदो शनिवार ‘रिक्शा रन’ को समापन हुने भएको छ। यस रिक्शा रनमा १६८ देशका ६७ दलले भाग लिइरहेका छन्। उक्त जानकारी राज्य पर्यटन एवं नागरिक उड्डयन विभागले आज प्रेस विज्ञपितमा दिएको छ।
यस रक्शा रनको आयोजना एड्भेन्चरिस्टले गरेको र यस रनको निम्ति समापन गन्तव्य गान्तोकलाई चयन गरिएको बताइएको छ। यस रनमा यूएसए, यूके, अस्ट्रेलिया, थाइल्याण्ड, नोरवे, न्यूजील्याण्ड, स्पेन, पर्टुगल, जर्मनी, निदरल्याण्ड, क्यानडा, ग्रीस, इटली, बेल्जियम आदि देशका प्रतिभागीहरू सामेल छन्।










