समस्याहरूबाट समाधानको यात्रा नै बुद्धको यात्रा हो: प्रधानमन्त्री मोदी

Untitled-1-copy-131

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार प्रथम वैश्विक बौद्ध शिखर सम्मेलनमा दुनियाँ सामु आइलागेका चुनौतीहरूको उल्लेख गर्दै त्यसको समाधानको लागि बौद्ध दर्शनलाई प्रेरणा श्रोत बताए। उनले भने, विश्वलाई सुखी बनाउनुको लागि ‘स्व’- देखि माथि उक्लेर काम गर्नुपर्छ। समस्याहरूबाट समाधानको यात्रा नै बुद्धको यात्रा हो। प्रधानमन्त्री नरेन्द्र मोदी बिहीवार राजधानीस्थित अशोक होटलमा आयोजित वैश्विक बौद्ध शिखर सम्मेलनको उद्घाटन सत्रमा सामेल भए। यस अवधि उनले विश्वभरिबाट आएका बौद्ध धर्मावलम्बीहरूलाई स्वागत जनाउँदै भने, हामीले भगवान बुद्धका मूल्यहरूको निरन्तर प्रसार गरेका छौं। विश्वका हरेक मानवको दुःखलाई भारत आफ्नो दुःख ठान्दछ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, बुद्ध व्यक्तिभन्दा माथि एक बोध हुन्। बुद्ध स्वरूपभन्दा माथि एक सोंच हुन्। बुद्ध चित्रणभन्दा माथि एक चेतना हुन्। बुद्धको चेतना चिरन्तर र निरन्तर छ। अन्तरराष्ट्रीय बौद्ध परिसंघ (आईबीसी)-ले २०-२१ अप्रेलमा दुई दिवसीय वैश्विक शिखर सम्मेलन दिल्लीमा आयोजना गरिरहेको छ। यस सम्मेलनको उद्देश्य वर्तमान वैश्विक परिदृश्यमा मानवता समक्ष उत्पन्न चुनौतीहरूमाथि विचार गर्नु तथा यसै परिप्रेक्ष्यमा त्यसको समाधान गर्नु रहेको छ। शिखर सम्मेलनको विषय ‘रेस्पान्स टू कन्टेम्परी च्यालेन्जेस फ्रम फिलोसफी टू प्रेक्सिस’ रहेको छ। सम्मेलनमा दुनियाँभरिका प्रख्यात विद्वान, संघ नेता औ धर्मका अनुयायीहरूले वैश्विक मुद्दाहरूमाथि चर्चा गर्नको साथै बुद्ध धर्मको दृष्टिकोणबाट सार्वभौमिक मूल्यहरूलाई प्रेरित गर्ने प्रयास गर्नेछन्।

यसमा बुद्ध धर्म र शान्ति, पर्यावरणीय संकट, स्वास्थ्य औ स्थिरता, नालन्दा बौद्ध परम्पराको संरक्षण तथा बुद्ध धर्म तीर्थयात्रा, जीवित धरोहर एवं बुद्ध अवशेष जस्ता विषयहरूमाथि विचार गरिनेछ। सम्मेलनमा लगभग ३० देशका प्रतिनिधिहरूले भाग लिरहेका छन्। लगभग १७३ अन्तरराष्ट्रीय प्रतिभागीहरू सम्मेलनमा सामेल भइरहेका छन् जसमध्ये ८४ जना संघ सदस्य छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement