बाघका दुई बच्चालाई घेरामा छोड़ियो, नाम अवनी र व्योम राखियो

Untitled-1-copy-130

नयाँ दिल्लीः दिल्लीस्थित राष्ट्रीय प्राणी उद्यानमा बिहीवार केन्द्रिय पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले सेतो रंगको बाघका दुई बच्चालाई घेरामा छोड़े। उनले दुवै बाघका बच्चाहरूको नामाकरण पनि गरे। आठ महिनापूर्व सीता नामक बाघले चिड़ियाघरमा यी दुई बच्चालाई जन्माएको थियो।

भूपेन्द्र यादवले ट्वीट गरी भने, स्कूले विद्यार्थीहरू र चिड़ियाघरका कर्मचारीहरूको उपस्थितिमा ८ महिनाको अवनी र व्योमलाई तिनीहरूको घेरामा छोड़्नेलाई हरियो झण्डा देखाएँ। अब चिड़ियाघरका आगन्तुकहरूले अवनी र व्योमलाई देख्न सक्ने छन् र नमस्ते भन्न सक्नेछन्।

उनले भने, आगामी विश्व पृथ्वी दिवसलाई मध्यनजर गर्दै यी बच्चाहरूको नामाकरण पनि गरिएको छ। एउटाको नाम अवनी अर्थात पृथ्वी र अर्कोको नाम व्योम अर्थात ब्रहमाण्ड राखिएको छ। दिल्लीको चिड़ियाघरमा कुल चारवटा सेतो रंगका वाघहरू छन् जसमा तीन नर (परूष) र एउटा मादा (स्त्री) छन्। यसरी नै दुई बच्चाहरूमा एउटा नर र अर्को मादा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement