गान्तोकः बौद्ध धर्मगुरू दलाई लामासँग सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयाँ दिल्लीमा भेट गरे। मुख्यमन्त्री गोलेले आफ्नो फेसबुक पेजमार्फत १४औं दलाई लामासँग भेट्न पाउँदा अत्यन्तै हर्षित र गौरवान्वित बनेको बताएका छन्।

दलाई लामाले सम्पूर्ण राज्यवासीलाई आफ्नो ज्ञान र दिव्य उपदेशहरूका साथ आशीर्वाद दिएको र राज्यवासीको कल्याणको बारेमा पनि सोधेको मुख्यमन्त्रीले जानकारी गराएका छन्। भेटघाटका क्रममा मुख्यमन्त्रीले दलाई लामालाई आगामी अक्टोबर महिनामा सिक्किम आउन निमन्त्रणा दिएको र धर्मगुरुले यस निमन्त्रणालाई सहर्ष स्वीकार गरेको पनि मुख्यमन्त्रीले बताएका छन्। दलाई लामाको मार्गदर्शन सिक्किम र सिक्किमेका निम्ति आशीर्वादको रूपमा सधैँ रहोस् भन्ने मुख्यमन्त्री पिएत तामाङले कामना पनि गरेका छन्।










