रेलबाट खसेर युवकको दाहिने हात काटियो

963cc3bc-986a-4fd3-984a-7e0c79369171

सिलगढी: रेलबाट खसेर एक युवकको दाहिने हात काटिएको छ। यो घटना जंक्शन स्टेशन प्रवेश गर्नु अघि सिलगढी जंक्शन नजिकैको क्षेत्रमा भएको हो। करीब २५/२६ वर्षका एक युवक अचानक चलिरहेको रेलबाट खसे। जसका कारण उनको दाहिने हात काटिएको छ। घटनाबारे जानकारी पाएपछि तत्काल रेलवे पुलिसले युवकलाई अस्पताल भर्ना गराएको छ। घटनाको विस्तृत विवरण आइसकेको छैन। यसबारे पुलिसले छानबीन शुरू गरिसकेको खबर प्राप्त छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement