कालचिनीः कालचिनी खण्डको मधु चियाबारीका श्रमिकहरू बिहीबारदेखि धरनामा बस्यो। प्राप्त जानकारी अनुसार कमानको प्रायः १४० जना बदली श्रमिकहरूलाई कमान खोल्ने बेलामा भएको चुक्ति मुताबिक काममा खटाईएको थियो तर अहिले आएर हठात ती बदली श्रमिकहरूलाई कामबाट वञ्चित गराएकोमा मधु चियाबारीका श्रमिक यूनियनहरू आक्रोशित बन्दै बिहीबार काममा नगईकन धरनामा बसेका छन्।

कमानको तृणमूल समर्थित ट्रेड यूनियन प्रतिनिधिहरूले कमान प्रबन्धनपक्षले ट्रेड यूनियन प्रतिनिधिहरूसित कुनै वार्तालाप नगरी यसरी अचानक यत्रो श्रमिकहरूलाई कामबाट वञ्चित गराएको विरोध डटेर गरीने र आवश्यकता परे कालचिनी बीडीओ प्रशासन अघि धरना एवम् सड़क अवरोध समेत गर्ने चेताउनी दिएका छन्।










