नेताजी ब्वाइज हाई स्कूलका विद्यार्थीहरूको बंगाल सफारी भ्रमण

8aeeb267-eb36-4905-b0eb-bbfefab00759

सिलगढी: नेताजी ब्वाइज हाई स्कूल र स्कूल व्यवस्थापन समितिको संयुक्त प्रयासमा ३० विद्यार्थीहरूलाई आज प्रकृति शिक्षाको एक भागको रूपमा बंगाल सफारी पार्कको भ्रमणमा लगियो। यस विद्यालयका पूर्व छात्र र सिलगढी नगर निगमका डेपुटी मेयर रञ्जन सरकार विशेषरूपमा यस शैक्षिक भ्रमणमा उपस्थित थिए। उनले नेताजी ब्वाइज हाईस्कुलको झण्डा फहराएर औपचारिकरुपमा भ्रमण सुरु गरेका थिए। भ्रमणका अवसरमा नेताजी हाईस्कुल व्यवस्थापन संघका अध्यक्ष असिम अधिकारी, प्रधानाध्यापक राजीव घोषले विद्यार्थीले पाठ्यपुस्तक पढ्नुका साथै प्रकृतिको विविधताबारे पनि पाठ सिक्नुपर्ने बताए। यो भ्रमण विद्यार्थीका लागि एउटा पाठ हो। पुस्तक पढ्नुका साथै प्रकृतिको विविधतालाई पनि यसले उजागर गर्नेछ। यसभन्दा पहिले पनि विद्यालयले गजलडोबा र बंगाल सफारी भ्रमण गराइसकेको उनले बताए। उनले यस्ता भ्रमण गराउनुको पछाडि दुइवटा उदेश्य रहेको पनि बताए। यस विद्यालयमा अधिकांश विद्यार्थीहरू पिछडिएका क्षेत्रबाट पढ्न आउने गरेकाले उनीहरूको जीवनशैलीमा यस्ता भ्रमणले धेरै फरक पार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement