२० अप्रेलः बुधवार खेलिएको आईपीएल २०२३-को म्याचमा लखनऊ सुपर जाइण्ट्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गऱ्यो। म्याचमा लखनऊले दिएको १५५ रनको लक्ष्यलाई खेदो गर्दै राजस्थान रोयल्सले ६ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। म्याच हारेपछि राजस्थानका कप्तान सञ्जु सेमसनले छोटो लक्ष्यलाई पनि हासिल गर्न नसक्दा निराशा व्यक्त गरे अनि यस म्याचबाट शिक्षा लिने बताए। यसको साथमा उनले विपक्षी टीमको असाधारण बलिंगको पनि प्रशंसा गरे। सेमसनले भने, म्याच हार्दा कहिले राम्रो लाग्दैन तर यो पनि ठीकै छ। हामी यस म्याचबाट शिक्षा लिएर अघि बढ़्नेछौं। हाम्रो टीमको ब्याटिंग लाइन अपलाई हेर्दा यो हासिल गर्न सकिने लक्ष्य थियो तर विपक्षी बलरहरूले परिस्थितिहरूलाई असल तरिकाले काममा लगाए। व्यक्तिगत रूपमा म बाउन्स कम्ती भएको सामान्य धीमा विकेटको आशा गरिरहेको थिएँ अनि विकेट साँच्चै त्यस्तै थियो। तपाईंले केही स्मार्ट क्रिकेट पनि खेल्नु पर्छ अनि हामीले नवौं ओभरसम्म त्यही गरेका थियौं।
सेमसनले भने, यशस्वी जयसवाल आउट भएपछि हामीलाई एउटा ठूलो पार्टनरशीपको आवश्यकता थियो। विपक्षी बलरहरूले असल काम गरे। दबाउमा केही अतिरिक्त गर्ने प्रयासमा हामीले विकेट गुमायौं। यस्तो विकेटमा ५ ओभरमा ५० रन बनाउनु सामान्य कठिन हुन्छ तर हामीले यस म्याचबाट शिक्षा लिनु पर्नेछ। यही नै यस खेलको सुन्दरता हो। हामीले उनीहरूलाई १५०-सम्म सीमित गर्न असल काम गऱ्यौं। हामी अब यस म्याचको परिणामलाई भुलेर अघि बढ़्नु पर्नेछ।










