आफ्नों समृद्ध संस्कृति र पर्वहरू प्रति जाग्दै नेपाली समाज

00-1-Article-Pix-1-5ae1e6dc-f44d-4902-9e65-172f8612efed

हालै सम्पूर्ण पहाडमा र तराईमा बड़ो धूमधाम, हर्षोल्लास र भक्ति भावका साथ श्रीराम नवमी पर्व र पहिलो वैशाख पालन गरियो। दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढी र डुवर्समा भव्य शोभायात्राहरू बाजागाजा जातीय वेषभूषा अनि लोकगीत साथै सांस्कृतिक जागरणका नाराहरूका साथ निकालियो। रामनवमीका विशाल शोभायात्राहरूमा भगवान श्रीराम, माता जानकी, भाई लक्ष्मण अनि वीर हनुमानका सुन्दर झाँकीहरू देख्न पाइयो। हाम्रा चेलीहरू श्रीराम, माता सीता र लक्ष्मणको वेषमा कति सुन्दर देखि रहेका थिए, साक्षात ईश्वर नै अवतरित भए जस्तो। शोभायात्राहरूमा ठूलो सङ्ख्यामा आम मानिसहरूको उपस्थितिले आफ्नो संस्कृतिप्रतिको आस्था र विश्वास तथा श्रद्धा-भक्तिलाई स्पष्ट रूपमा झल्काइरहेका थिए। के पहाड़, के समतल रामनवमीको बेला श्रीराम र हनुमानका गैरिक झण्डाहरूले सम्पूर्ण माहौल नै श्रीराममय बनाएको थियो।

हाम्रा पूर्खाहरूले जगेरा गरेको यो सुन्दर संस्कृतिको संरक्षण सम्वर्धन हामी सबैको कर्तव्य हो

वैशाखीमा आफ्ना गौरवहरूको झलक, हाम्रो संस्कृतिको महानता विषयका कविताहरूले सबैलाई आफ्नो संस्कृति नभूलौं यो संस्कृति कति महान रहेछ हाम्रा पूर्खाहरूले जगेरा गरेको यो सुन्दर संस्कृतिको संरक्षण सम्वर्धन हामी सबैको कर्तव्य हो त्यसको भान युवा कविहरूका हरेक पंक्तिले गराइरहेका थिए। मारूनी, संगिनी, तामाङ सेलो, बालन, दोहोरी संगिनी सिल्ली खैंजड़ी, सारंगी, च्याब्रूङ, मादल, डम्फू, नौमती आदिले हाम्रो सांस्कृतिक एकता, विशालता,गहिराई र महानताको भान गराइरहेका थिए। साँच्चै अद्भुत दृश्य र अद्भुत परिवेश थियो। सबैको मन हृदय आफ्नो संस्कृतिको भानले गदगद थियो। पश्चिमी संस्कृतिको विकृतिहरूले हाम्रो सून्दर र स्वच्छ संस्कृतिलाई कति हो कति धमिल्याइसकेको रहेछ त्यसको भान पनि यी शोभायात्राहरूले गराइरहेका थिए। हामीलाई थाहा नै नपाई हाम्रो महान संस्कृति परम्पराहरूदेखि हामीलाई मेकालेहरूले कसरी टाड़ा पारेका रहेछन्, त्यसको भान पनि यी शोभायात्राहरूले गराइराखेका थिए।

विगत केही दशकदेखि हामी पश्चिमे तालमै रमाइरहेका थियों, ब्रेक डान्स, डिस्कोमै आफ्नो महान संस्कृतिलाई खस्काइरहेका थियौं। धर्म कर्म भाषा वेषमा गर्व गर्नसम्म लजाइरहेका थियौं। समयको चक्र चलिरहन्छ। समय कहिलै बिसाउँदैन, यसैले पश्चिमी संस्कृतिमा सत्य, तथ्य र विज्ञानको धेरै अभाव रहेछ। मानव कल्याणको साटो मानवमाथि वर्चस्व कायम गर्ने एउटा विक्रति रहेत पश्चिमी संस्कृति त्यसको भान हुन पनि कैयन दशक लाग्यो। अझै पनि समाजका प्रत्येकमा यो भान हुनु बाँकी नै छ। भनिन्छ ढिलै होस्, तर छोरो होस्। ढिलै भए तापनि केन्द्रमा नरेन्द्र मोदी सरकार आएदेखि सांस्कृतिक जागरणको गति धेरै बढेर गएको छ। हाम्रो योग आयुर्वेद दर्शन संस्कार र संस्कृति प्रति चासो विश्व मैं बढेर गएको छ। आज संयुक्त अरब एमिरात जस्तो देशमा विशाल लक्ष्मी नारायण मन्दिर बनेको छ। अरबको र विश्व कै सबसे विशाल बुर्ज खलिफा टावरलाई भगवान श्रीरामका चित्र कति सुन्दर लेजर लाईटद्वारा सजाइएको थियो। दीवालीमा त झनै न्युयार्क देखि लन्दन सिडनीसम्म झिल्लीमिल्ली हुन्छ।

बुर्ज खलिफामा भगवान श्रीरामको डिजिटल तस्वीर

भारतले जी-२० को अध्यक्षता ग्रहण गरेदेखि भारतीय कला-संस्कृति, ज्ञान-विज्ञान, धरोहर, धार्मिक र पर्यटन स्थल, खानपान विश्वमैं आकर्षित हुन थालेको छ। भारतको अध्यक्षतामा जी-२० को लोगो नै कमल भएको छ र मूल मन्त्र नै वसुधैव कुटुम्बकम बनेको छ। भारत त्यो देश हो जसको सांस्कृतिक मूल्य नै विश्व मङ्गल, मानव कल्याण र त्याग समर्पण सेवा अनि वीरतामा अन्तर नीहित छ। अधर्मको अन्त गर्न जाहाँ शस्त्र जरूरी छ भने धर्मको रक्षा गर्न शास्त्रको खाँचो छ। यसर्थ मानव कल्याण र प्रजा वात्सल्य शासनका आदर्श श्रीरामको जन्मोत्सवमा सम्पूर्ण देशवासी शामेल हुनु शुभ संकेत हो अनि महान सम्राट विक्रमादित्यको विजय दिवस विक्रम सम्वतको प्रथम दिनको स्वागत भव्य रूपमा हुनुको अर्थ हो समाज पुनःजाग्दैछ। विश्व कल्याण, धर्म संस्थापना अनि अधर्मको अन्त गर्न हाम्रो महान संस्कृतिको संरक्षण अनि सम्वर्धन गर्न सबैलाई जागृत गराउनु र यस कार्यलाई निरन्तरता दिन समयको माग हो। दैनिक आचरणमा संस्कृति र परम्पराहरूको पालन गर्नु पनि नितान्त आवश्यक छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement