कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर ६५,२८६

IMG-20230322-WA0137.jpg

कोरोनाको १२,५९१ नयाँ मामिला, ४० जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२,५९१ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४८,५७,९९२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले छत्तीसगढमा ४, दिल्लीमा ५, हिमाचल प्रदेशमा २, कर्नाटकमा ३, पुडुचेरी, तमिलनाडु, उत्तराखण्ड र पञ्जाबमा १–१, महाराष्ट्रमा ६, राजस्थानमा २ र केरलामा १३ गरी कुल ४० नयाँ मृत्युसँगै यस रोगका कारण मृत्यु हुनेको संख्या ५,३१,२३० पुगेको छ। यसरी नै यस अवधिमा १०,८२७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,६१,४७६ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.६७% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ६५,२८६ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ५.४६ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ५.३२ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,३०,४१९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,४८,४७,५८३ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ५७४ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२८,३३२ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement